काठमाडौं। गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने भएको छ। २० फिट अग्लो महदेवको मूर्तिसहित शिवधाम निर्माण गरिने भएको हो।
उक्त मूर्तिसहितको शिवधाम पाथीभरा महिला समूहले निर्माण गर्ने भएका हुन्। मूर्तिसहितको शिवधाम निर्माण गर्न सोही महिला समूहको आयोजनामा ‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको थियो।
गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ भएको हो। उक्त महायज्ञबाट संकलन भएको रकममा थपेर शिवधाम र महादेवको मूर्ति निर्माण गरिने पाथीभरा महिला समूले जनाएको छ।