काठमाडौं। नेपालमा रेल्वेको व्यापार घाटा कम गर्न आफ्नै वासिङ्ग सेन्टर निमार्ण गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वेको कार्यालय पुगेर रेल्वे सञ्जाललाई विकास गर्ने सन्दर्भमा सरकार आफ्नै वासिङ्ग सेन्टर निमार्ण गर्ने पक्षमा पुगेको जानकारी दिएका हुन्।
मन्त्री दाहालले भने, ‘‘वासिङ्ग सेन्टर निमार्ण गर्ने पक्षमा हामी छौँ । बिस्तारै बिस्तारै प्राविधिक पनि आफ्नो हुन्छ र मालवाहक ट्रेन पनि हामी सञ्चालन गर्ने पक्षमा छौँ । यसले बिस्तारै नेपाल रेल्वेको व्यापार घाटा पनि कम हुन्छ।’
उनले रेल्वेको विकासका लागि सरकारले व्यवस्थित ढङ्गबाट अघि बढ्दै गरेको र बर्दिबासदेखि निजगढसम्म रेल सेवाको विस्तार गर्ने र फास्ट ट्रयाकलाई काठमाडौँसम्म जोड्ने गरी कामकाज भइरहेको जानकारी समेत गराए।