फाइल तस्बिर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुआब्जा विवादले बर्दिबासमा बन्ने रेल्वे स्टेसनको काम अगाडि बढन नसकेको बताएका छन्। धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले बिजलपुर–बर्दिबास रेल्वे स्टेसनको भौतिक संचना निर्माणको काम जग्गा विवादले अगाडी बढ्न नसकेको बताएका हुन्।
उनले बस्ने मान्छेको नाममा लालपुर्जा नभएको तर क्षतिपुर्ति लिएर समेत जग्गा खालि गर्न नमानेका कारण भौतिक संरचना बनाउन समस्या भएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले लालपुर्जा नभएका कारण मुआब्जा दिने कुनै आधार नभएको बताएको थियो। मुआब्जा दिन नमिल्ने र क्षतिपूर्तिले बसेका मानिसले जग्गा खालि गर्न नमान्ने भएका कारण यहाँ समस्या हुँदै आएको छ। मन्त्री दाहालले उक्त समस्याको बारेमा आफैंले यथार्थता बुझेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।