फाइल तस्बिर
काठमाडौं। पृथ्वी राजमार्गको विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाएपछि विमलनगर–ऑबुखैरेनी खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
आइतबार एकतर्फि सञ्चालनमा आएको सडकमा सोमबार सवारी साधन रोकेर ढुंगा पन्छाउने काम भएको थियो। ढुंगा पन्छाउने काम सकिएसँगै सडक दुई तर्फि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।