कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिकामा ढल तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ । नेपाल सरकारको संघिय खानेपानी तथा ढल व्यवस्थापन योजना अन्तर्गत बेलौरीमा ढल तथा प्रशोधन केन्द्र निर्माण हुने भएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा नै बजेट बिनियोजन गरी ठेक्का प्रकृया अगाडि बढाइएको थियो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रकृया ढिलो भएको योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल ठेक्का प्रकृयाको प्राविधिक तथा आर्थिक मूल्यांकन सकेर सम्झौताको अन्तिम तयारी भइरहेको छ ।
यस योजनाको निर्माणका लागि मृत संजीवनी–गल्वा–थेगिम जे.भी धनगढीले करिब १६ करोड १९ लाखमा ठेक्का कबोलेको छ ।
सुदूरपश्चिम प्रदेशको एक व्यस्त शहरमध्येको कञ्चनपुरमा ढलको राम्रो व्यवस्थापन नहुँदका शहर प्रदूशित हुँदै गएको थियो । अब ढल तथा प्रशोधन केन्द्र निर्माण भइ यस क्षेत्रको ढल व्यवस्थापन हुने भएपछि स्थानीय पनि हर्षित देखिएका छन् ।