काठमाडौं। बि.सं. १८५० को आसपासमा पृथ्वीनारायण शाहको कान्छो छोरा युवराज बहादुर शाहले बनाएको पूर्णतया नेपाली शैलीको शिवपार्वतीको मन्दिरको पाँच ढोका माथिको तोरणामा राखिएको मुर्तिहरु बि.सं. १९४२ सम्म त थिए।
तर पछि फ्रान्सेली मानवविज्ञानी डा. कोर्निल जेष्टले २०१७ सालमा खिचेको तस्विरमा भने तीनवटा मुर्ति हराइसकेको थियो । बिचको मूलढोका माथिको तोरणमा रहेको मुर्ति भने सबैभन्दा दाँया तर्फ पछि सारिएको रहेछ। सुनिल उलकको फेसबुक पेजबाट