काठमाडौं। लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यसँग प्रादेशिक सडक सञ्जाल गुरुयोजनाबारे छलफल गरेको छ। मन्त्रालयले आइतबार बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र दाङका प्रदेश सभा सदस्यसँग छलफल गरेको हो।
छलफलमा सहभागी प्रदेश सभा सदस्यले प्रदेश यातायात ऐनको आधारमा गुरुयोजना निर्माण गरिनुपर्ने, सडक मर्मत सम्हारको जिम्मेवारी समेत प्रदेशले लिनुपर्ने सुझाव दिएका छन्।
गुरुयोजनाको मस्यौदामाथि छलफल गरेर अन्तिम रूप दिन थालिएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक सडक सञ्जाल गुरुयोजनाले प्रदेशको आफ्नै लोकमार्ग र सडक छुट्याउने बताए।