काठमाडौं। मधेश प्रदेशमा रेलका पुराना र दुर्लभ इन्जित संरक्षण गर्न संग्रहालय बनाइने भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखानाको निरीक्षण गर्दै संग्रहालय स्थापना गर्ने बताएका हुन्।
उनले कारखानामा राखिएका आठवटा वाष्प इन्जिनको निरीक्षण गर्दै ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्बर्धन गरी पर्यटनसँग जोड्न रेलवे सङ्ग्राहलय स्थापनामा गर्न पहल गर्ने बताए।
मुख्यमन्त्री सिंहले नेपालसँगै विश्वको परिवहन इतिहासको विकासक्रमको साक्षी ती इन्जिनको अवलोकन तथा पुरानो रेल्वे प्रविधिको अध्ययन गर्न सङ्ग्राहलय संसारभरिकै पर्यटकका लागि ठोस गन्तव्य बन्ने बताए।