फाइल तस्बिर
काठमाडौं। सिन्धुली–रामेछाप जोड्ने बेलिब्रीजको काम दशैंको टिका अघि सक्ने लक्ष्यका साथ सुरु गरिएको छ। गत असोज १२ गतेको बाढीले पुल बगाएको स्थानमा दशैंको टिका अगाडी नै पुल हाल्ने लक्ष्यका साथ काम भइरहेको हो।
बेलिब्रीजका लागि चाहिने सबै सामान सोमबार बेलुकासम्ममा आइपुगेको सेनाले जनाएको छ। मंगलबार (आज) बिहानदेखि नै पुल जोड्ने काम सुरु भएको छ।
सेनाले राति पनि काम गरेर दशैंको टिका अगाडी नै पुल सञ्चालनमा ल्याउने जनाएको छ।