वराहक्षेत्र। पूर्वी नेपालमै पहिलो पटक निर्माणाधीन १०८ फिट अग्लो किराँतेश्वर महादेवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
२०६६ सालदेखि दाताको आर्थिक सहयोगबाट मूर्ति निर्माण हुँदै आएको बताइएको छ।
वराहक्षेत्र–१, चतरामा रहेको शङ्कराचार्य प्रतिष्ठानले एक बिघा १७ कट्ठामा घेराबार गरी मूर्ति निर्माण गरिएको हो।
मूर्ति निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रमा धार्मिक पर्यटकको संख्या बढ्ने बताइएको छ।