काठमाडौं। सिद्धार्थ राजमार्गको ३३ किमि सडक मर्मत गरिएको छ। सडक डिभिजन कार्यालय पोखराले आफ्नै जनशक्तिको प्रयोग गरेर सडक मर्मत गरेको हो।
कार्यालयले आफ्नै कार्यालयका प्राविधिक तथा लेन्थ वर्करको प्रयोग गरेर सडकका खाल्टा पर्ने तथा भत्किएको स्थानमा मर्मत गर्ने काम गरेको छ। सडक डिभिजनले खरिद गरेको रोड मेन्टिनेन्स भेइकल (सडक मर्मत उपकरण) प्रयोग गरेर राजमार्ग मर्मत गरेको जनाएको छ।
दश लाख बराबर विटुमिन इमल्सन तथा तीन लाख बारबरको बेस र चिस्स कार्यालयले खरिद गरेर काम गरेको बताइएको छ।