काठमाडौं। छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिएको छ। एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठ पर्वको अवसर पारेर धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरेको हो।
वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सजिलो होस् भनेर बुधबार साँझदेखि धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरेको आयोजनाले जनाएको छ।