मनाङ। मनाङको सिरान तालमा पुल निर्माण गरिदिन स्थानीयले आग्रह गरेका छन्। बाढीले पुल बगाएपछि यहाँको पर्यटन व्यवसाय नै ओझेलमा परेको भन्दै स्थानीयले पुल निर्माण गर्न आग्रह गरेका हुन्।
ताल गाउँका होटल व्यवसायी एवं आमा समूहहरुले मनाङबाट निर्वाचित प्रतिनिधीसभा सदस्य टेकबहादुर गुरुङको ध्यानाकर्षण गराउँदै सिरानतालमा झोलुंगे पुल निर्माण गरी पर्यटन व्यवसायलाई चलायमान बनाउन आग्रह गरेका छन्।
झोलुंगे पुलकै कारण साविकको पदमार्ग प्रभावित हुनुको साथै दिर्घकालिन रुपमा नराम्रो असर गर्ने स्थानीयको भनाइ छ। जसरी भएपनि एउटा झोलुंगे पुल निर्माण गरी स्थानीय र पर्यटकलाई राहात दिलाउन उनीहरुले सांसद मार्फत सरकारसंग माग गरेका छन्।
२०७८ सालमा मस्र्याङदी नदिमा आएको बाढिले ताल गाउँ हुँदै धारापानी तर्फको झोलुंगे पुल बगाएको थियो।