एजेन्सी। पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ। क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको हो।
विस्फोटमा अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका छन्। मृतकको सङ्ख्या समेत बढ्न सक्ने बताइएको छ ।
घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। घटनाको जिम्मा बलुच लिबरेशन आर्मीले लिएको छ।