काठमाडौं। ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओभर निर्माण सम्पन्न हुन अझै दुई–तीन महिना लाग्ने भएको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गरेको फ्लाइ ओभरको निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले फ्लाइ ओभर निर्माण सम्पन्न हुन अझै दुई तीन महिना लाग्ने जानकारी दिएका हुन्।
उनका अनुसार फ्लाइ ओभरको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। अझै माटो फिलिङ लगायतका काम बाँकी रहेको शर्माले जानकारी दिए। हालसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ४५.५४ प्रतिशत भएको छ।