काठमाडौं। बर्दियोको घोरपिट्टा बानियाबर सडक स्तरोन्नती तथा चौडा गरिने भएको छ। सो सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्राल अन्तर्गत निर्माण हुन लागेको हो। सो सडक स्तरोन्नती गरी फराकिलो पार्नको लागि चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट करिब ४४ करोड बजेट बिनियोजन भएको छ।
सो सडकको दुरअवस्थाको कारणले गर्दा सडक दुर्घटना पनि बढ्दै गएको छ। सडक साँघुरो भएकाले सवारी साधन सञ्चालनमा सास्ती हुने गरेको छ। सो सडकमा हिउँदमा धुलो र वर्षामा हिलोको कारणले गर्दा स्थानीयलाई यात्रा गर्न सकस भएको छ। सडक साँघुरो हुँदा घण्टौ जाम पर्ने हुँदा यात्रुहरुलाई समयमा नै गन्तव्य स्थलमा पुग्न समस्या भएको छ।
सो सडक खण्ड स्तरोन्नती साथै फराकिलो गर्नको लागि मन्त्रालयले ठेक्का आह्वान गरिसकेको छ। सो सडक खण्ड निर्माण भएपछि यात्रा गर्न सहज हुने जनाइएको छ। सडक स्तरोन्नती हुने कुराले सो क्षेत्रका स्थानीयहरु खुसी भएका छन्। साँघुरो सडक स्तरोन्नती गरी फराकिलो बनाएपछि घण्टौ जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने सवारी चालकहरुको विश्वास रहेको छ।