काठमाडौं। धनकुटाको जीतपुरस्थित महालक्ष्मी नगरपालिकाले लिफ्टिङ प्रविधिबाट शुद्ध खानेपानी योजना विस्तार गर्ने भएको छ। महानगरमा शुद्ध र सफा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले सो योजना अघि बढाइएको हो।
खानेपानीको समस्या झेल्दै आएका जीतपुरबासीलाई शुद्ध खानेपानीको सुविधा प्रदान गर्ने गरी महालक्ष्मी नगरपालिकाले लिफ्टिङ प्रविधिबाट खानेपानी विस्तार गर्न लागेको हो। सो आयोजना विस्तार पश्चात नगरबासी लाभान्वित हुनेछन्। प्रत्यक नगरबासीको घर घरमा शुद्ध खानेपानीको पहुँच पुर्याउने लक्ष्यले नगरपालिकाले सो कदम चालेको हो। खानेपानी मानिसको स्वस्थ्यसँग जोडीएको हुनाले शुद्ध पानी पिउने पर्ने प्रावधानलाई मध्यनजर गर्दै सो योजना विस्तार गर्न लागिएको हो।
खानेपानी विस्तारको लागि नगरपालिकाले ठेक्का आह्वान समेत गरिसकेको छ। ठेक्काका सम्पुर्ण प्रावधान सकिएपछि सो आयोजना निर्माणलाई तिव्रता दिएर नगरबासी समक्ष शुद्ध पिउने पानीको पहुँच पुर्याउने नगरपालिकाको उद्देश्य रहेको छ।