काठमाडौं। मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर निर्माण हुने भएको छ। दुर्गम स्थान भीई गाउँमा उक्त मन्दिर निर्माण हुने भएको हो।
मन्दिर निर्माणका लागि नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी शिलान्यास समेत गरेका छन्।
१३ औं शताब्दी अघिको उक्त मन्दिर जीर्ण हुँदै गएपछि हाल आधुनिक कलात्मक शैलीमा मन्दिर निर्माण गरिने भएको हो।
लामो समयपछि मन्दिर निर्माण हुने भएपछि उक्त ठाउँका स्थानीय निकै खुशी भएका छन्।