काठमाडौं। डोटीमा सडक संरचना तथा फुटपाथ निर्माणको काम हुने भएको छ। जिल्लाको महाकाली राजमार्गको संरचना र फुटपाथ, सेती राजमार्गको संरचना र फुटपाथ, सिलगढी चौखुट्टे सडकको संरचना र फुटपाथ निर्माणको काम हुने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो कार्यको लागि चालु आर्थिक वर्षमा बजेट बिनियोजन गरेको छ। सो राजमार्गको संरचना र फुटपाथ निर्माणको काम संघीय राजमार्ग पर्यवेक्षण र अनुगमन कार्यालय अन्तर्गतको सडक विभाग डोटीले गर्ने भएको छ।
यसैगरी महाकाली राजमार्गको संरचना र फुटपाथ निर्माणको लागि करिब ७ करोड ३६ लाख, सेती राजमार्गको संरचना र फुटपाथ निर्माणको लागि करिब ८ करोड २८ लाख र सिलगढी चौखुट्टे सडकको संरचना र फुटपाथ निर्माणको लागि करिब ४ करोड ४० लाख लागत लाग्ने अनुमान गरिएको छ। यी सडक संरचना र फुटपाथ निर्माणको लागि सडक सडक विभाग डोटीले ठेक्का आह्वान समेत गरिसकेको छ।