काठमाडौं। कैलालीमा ढल निकास निर्माण कार्य हुने भएको छ। चौमाला बजार, राजीपुर बजार, लक्ष्मण चौधरीको घरदेखि रामचन्द्र चौधरीको घर सम्म र मसुरोइया साझा बजारको ढल निकास निर्माण हुने भएको हो। संघिय सरकारको माताहतमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय कैलालीले सो कार्यको लागि चालु आर्थिक वर्षमा बजेट बिनियोजन गरेको छ।
कैलालीको चौमाला बजारमा ढल निकास निर्माण हुने भएको छ। यसका लागि करिब ५७ लाख लागत लाग्ने अनुमान गरिएको छ। गौरीगंगा नगरपालिका–४ को राजीपुर बजारमा ढल निकास निर्माण हुने भएको छ। यसको अनुमानित लागत पनि ५७ लाख नै रहेको छ। यसैगरी गौरीगंगा नगरपालिकाकै ७, ८ र ९ मा पर्ने मसुरोइया साझा बजारमा पनि ढल निकास निर्माण हुने भएको छ। यसको अनुमानित लागत ९५ लाख रहेको छ। साथै करिब ४४ लाख अनुमानित लागतमा कैलारी गाउँपालिका–५ स्थित लक्ष्मण चौधरीको घरदेखि रामचन्द्र चौधरीको घर सम्म ढल निकास निर्माण हुने भएको छ।
यी सम्पुर्ण ढल निकास कार्य सहरी विकास र भवन कार्यालय अन्तर्गत हुने भएको छ। सो ढल निकास निर्माण कार्यको लागि सहरी विकास मन्त्रालयले ठेक्का आह्वान समेत गरिसकेको छ। कैलाली जिल्लाको ढल व्यवस्थापन गर्ने उद्देश्यले सो योजनालार्य अघि बढाइएको हो।