काठमाडौं। खानेपानीमन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न हुने बताएका छन्। बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको मंगलबार प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले आयोजना चाँडै सम्पन्न हुने बताएका हुन्।
खानेपानीमन्त्री यादवले आयोजना चाँडै सम्पन्न गरेर बुटवलबासीलाई शुद्ध पानी खुवाउन सरकार प्रतिबद्ध भएको बताए। उनले भने, ‘झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरूलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष्य अनुसार काम भइरहेको छ।’
झुम्सा खोला खानेपानी आयोजनाका सरोकारवालसँग विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै मन्त्री यादवले नागरिकलाई परेका खानेपानीका समस्या समाधानका लागि आफू हरसमय खटिरहेको बताए ।