काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज आदेश आउन सक्ने सम्भावना देखिएको छ। रविमाथि भइरहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको हो।
बुधबार जाहेरवालाको तर्फबाट जवाफी बहस भएको थियो। बिहीबार (आज) सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। बहस सकिएमा आजै नभए शुक्रवारसम्म इजलासले आदेश गर्न सक्छ अदालत स्रोतले जनाएको छ।
न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ। न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका थुनछेक बहस जारी छ।
गत पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्य दर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ ।