गुल्मी । गुल्मी जिल्लामा सडकखण्डमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहअन्तर्गत सालझन्डी–ढोरपाटन सडकखण्डमा काम गर्ने रोल्पा लुङ्ग्री गाउँपालिका–२ का ५० वर्षीय शिवराम खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उनी स्थानीय पुष्कर थापाको घरमा कोठा भाडामा लिएर बसेका थिए । सँगै सुतेका १३ जना बिहान ६ बजे काममा गए पनि उनी पुनः सुतेका थिए । खाना खाने समयमा पनि नउठेपछि साथीहरूले उठाउँदा मृत्यु भइसकेको अवस्थामा फेला परेको खबर आएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको छ ।