काठमाडौं। डडेल्धुराको मणिलेखमा दैसेलीबगर खानेपानी आयोजना निर्माण हुने भएको छ। नवदुर्गा गाउँपालिका कार्यपालिकाको कार्यालय मेनलेख, डडेल्धुराले सो खानेपानी आयोजना निर्माण गर्ने भएको हो।
गाउँमा पर्याप्त र सुरक्षित खानेपानी पुर्याउनका लागि जिल्लाको नवदुर्गा गाउँपालिकामा खानेपानी निर्माण प्रक्रिया अघि बढाइएको हो। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिकाका नागरीकहरुलाई खानेपानीको सुविधा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले सो योजनालाई अघि बढाएको छ।
दैसेलीबगर खानेपानी आयोजना निर्माणका लागि गाउँपालिकाले ठेक्का आह्वान गरेको छ। सो आयोजना निर्माण भएपछि नवदुर्गाका सम्पुर्ण स्थानीयहरुको घरघरमा खानेपानीको पहुँच पुग्ने छ। खानेपानी आयोजना निर्माण भएपछि त्यहाँका कोहीपनि नागरीक खानेपानीको पहँचबाट बञ्चित हुन नपर्ने साथै पानी लिनको लागि दिनै माया मारेर टाढा खोला वा कुवामा जानुपर्ने बाध्यता पनि हट्ने गाउँपालिकाको कार्यलयले जनाएको छ। सो आयाजना निर्माण पश्चात त्यहाँका सबै स्थानीयहरु लाभान्वित हुनेछन्।