काठमाडौं। सिन्धुलीगढीमा पदमार्ग निर्माण हुने भएको छ। कमलामाई नगरपालिका नगर कार्यपालिकाको कार्यलयले सो स्थानमा पदमार्ग निर्माण गर्ने भएको हो।
कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढीको पर्यटकीय क्षेत्र पुग्न सहज बनाउन पदमार्ग निर्माण कार्यलाई अघि बढाइएको हो। आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढाउनको लागि पदमार्ग निर्माण गर्न लागिएको हो। सिन्धुलीगढी पर्यटकीय गन्त्व्य थलो भएकाले यसलाई अझ बढी पर्यटकीय आकर्षणका लागि पदमार्गको निर्माण गरिने भएको हो।
सो क्षेत्रमा पदमार्ग निर्माण गर्नको लागि २२ लाख बढी लागतमा हिप्स कन्सट्रक्सनले ठेक्का कबोल गरेको छ। हाल पदमार्ग निर्माण ठेक्का सम्झौताको चरणमा रहेको छ। सो पदमार्ग निर्माण भएपछि सिन्धुलीगढी अवलोकन गर्न जाने पर्यटकहरुलाई सहज हुने भएको छ। साथै पदमार्ग निर्माणले पर्यटकको आगमन बढाउने हुँदा आर्थिक विकासमा पनि टेवा पुग्ने छ। यसैगरी पदमार्ग निर्माणले पर्यटन प्रवद्र्धन हुनुको साथै पर्यटन व्यवसाय पनि फस्टाउने देखिएको छ।