काठमाडौं। अब धरहरा दैनिक १२ घण्टा खुला हुने भएको छ । धरहरा आजदेखि हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो ।
सर्वसाधारणका चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको सहरी विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी सार्वजनिक विदाको दिन र शनिबार पनि अब धरहरा खुला हुने भएको छ ।
विगतमा धरहरा बिहान १० देखि बेलुका चार बजेसम्म मात्र खुला रहँदै आएको थियो । ०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।