काठमाडौं। भोजपुरको अरुण गाउँपालिकामा अरुण नदी बारापोखरी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको छ। सो खानेपानी योजना निर्माण गाउँ कार्यपालिकाको कार्यलय भोजपुरले गर्ने भएको हो।
अरुण गाउँपालिका अन्तर्गत बारापोखरी लगाएत अन्य स्थानमा वर्षौंदेखि खानेपानी समस्या भोगिरहेका स्थानीय वासीन्दाहरुलाई उक्त खानेपानी योजना मार्फत अरुण नदीको पानी माथि तानेर लिफ्ट गरेर पानी संकलन गरी स्थानीयवासीहरुलाई वितरण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ।
अरुण नदी बारापोखरी लिफ्ट खानेपानी योजना निर्माणका लागि १ करोड लागतमा गौतम शक्ति निर्माण सेवाले ठेक्का कबोल गरेको छ। हाल सो आयोजना ठेक्का सम्झौताको चरणमा रहेको गाउँपालिकाको कार्यलयले जानकारी दिएको छ। सो आयोजना निर्माण भएपछि अरुण गाउँपालिकाका सबै घरधुरी लाभान्वित हुने भएका छन्।