काठमाडौं। सुनसरीको छप्कि पोखरीमा चिल्डेन पार्क निर्माण हुने भएको छ। रामधुनी नगरपालिकाको कार्यलयले सो पार्क बनाउन लागेको हो।
नगरपालिकाले चिल्डेन पार्क निर्माणका लागि ठेक्का आह्वान समेत गरिसकेको छ। सो पार्कमा वच्चाहरुको मनोरञ्जनको लागि चिप्लेटी, पिङ जस्ता विभन्न मनोरञ्जनात्म वस्तुहरु निर्माण गरिने भएको छ। सो पार्कमा अन्य पूर्वाधारहरु पनि निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ।
चिल्डेन पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने पालिकाको अपेक्षा रहेको छ। सुनसरीको पर्यटन प्रवद्र्धन गर्ने उद्दश्यले पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्दै आएको छ। चिल्डेन पार्क निर्माण गर्नुको उद्देश्य बालबालिकाको बौद्धिक विकास साथै पर्यटन प्रवद्र्धन गर्नु नै रहेको छ। सो पार्क निर्माणको अनुमानित लागत करिब १ करोड ३६ लाख रुपैँया रहेको छ। पार्क निर्माणले जिल्लाकै पूर्वाधार विकासमा पनि टेवा पुग्ने देखिएको छ।