काठमाडौं। सङखुवासभाको मादी नगरपालिका–५ मा रहेको कृष्ण प्रणामी मन्दिरमा पार्क निर्माण गरिने भएको हो। प्रदेश १ अन्तर्गत माडी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, माडी, संखुवासभाले सो पार्क निर्माण गर्न लागेको हो।
कृष्ण प्रणामी मन्दिर धार्मिक स्थान भएकाले त्यहाँ दर्शन गर्न भक्तजनहरु आउने क्रम बढ्दै गएको हुनाले पर्यटकलाई आकर्षण गर्नको लागि मन्दिर परिसरमा पार्क निर्माण गर्न लागिएको हो। पार्क निर्माण भएपछि पर्यटकको आवागमण बढ्ने नगरपालिकाको विश्वास रहेको छ। मादी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर परिसरमा पार्क निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
उक्त पार्क निर्माणको लागि गाउँपालिकाको कार्यलयले बोलपत्र आह्वान गरिसकेको छ। करिब ९८ लाख लागतमा निर्माण गर्न लागिएको उक्त पार्कमा पर्यटकलाई आकर्षण गर्नको लागि विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने योजना रहेको छ। सो पार्क वच्चा, बुढा र वयस्कलाई लक्षित गरी निर्माण गर्न लागिएको हो। पार्कमा पर्यटकका लागि मनोरञ्जनात्मक वस्तुहरु निर्माण गरिनेछ। साथै पार्क निर्माण भएपछि आन्तरिक मात्र नभएर बाह्य पर्यटकको पनि आगमन हुने जनाइएको छ।