एक कार्यक्रमकाबीचे धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन भएको छ। यही अवसरमा ९८ प्रतिशत थारु जातीको मात्रै बसोबार रहेको उक्त गाउँमा थारु सङ्ग्रहालय स्थापना हुनु भनेको आफैँमा एउटा गर्वको कुरा रहेको उपमहानगरपालीकाका प्रमुखले बताउनु भयो।
उहाँका अनुसार पटेला गाउँमा होमस्टे निर्माणका लागी उपमहानगरपालीकाले पहल गर्न थाल्ने छ। सङ्ग्रहालय हेर्न आउने वातावरण सिर्जना गर्न आफुहरुले सक्दो सहयोग गर्ने बताउनु भयो।
सो सङ्ग्रहालयमा थारु जतिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगााकपडा, पुराना गरगहनालगाएतका सामाग्रीहरु राखिएको छ। आन्तरिक र बाह्य पर्यटकलाई थारु जाति बारे विभिन्न जानकारी दिन र थारु कला संस्कृतिको जगेर्ना गर्न उक्त सङ्ग्रहालयबाट सहयोग पुग्ने आशा गरिएको छ।
सो सङ्ग्रहालयको निर्माण पछि थारु जातिको कला संस्कृतिमा मात्र नभई त्यस स्थानको आर्थिक अवस्थामा पनि सहयोग पुग्नेछ।