काठमाडौं। बुटवलमा जितगढी पाणिनी उधान निर्माण हुने भएको छ। बुटवल नगरपालिका–१३ जितगढीमा सो उधान निर्माण हुने भएको हो। नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले उक्त उधान निर्माण गर्न लागिएको हो।
बुटवलको जितगढी ऐतिहासिक स्थल भएको कारणले गर्दा सो क्षेत्रको अवलोकन भ्रमणको लागि हजारौ पर्यटकहरुको भिड लाग्ने गरेको पाइन्छ। केही वर्ष पहिले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक शहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण भएको थियो। त्यसको अवलोकनको लागि पर्यटकहरुको आवागमण बढ्दै गएको कारणले गर्दा सो क्षेत्रम उधान पनि निर्माण गर्न लागिएको हो।
यस उधान निर्माणले पर्यटकलाई अझ आकर्षित गर्ने उपमहानगरपालिकाको विश्वास रहेको छ। यस उधानले ऐतिहासिक स्थल जितगढीको सौन्दर्यलाई बढाउने छ। संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले सो उधान निर्माणको लागि ठेक्का आह्वान गरेको छ। करिब ३८ लाख लागतमा निर्माण हुने उक्त उधानमा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ। सो उधानमा पर्यटकलाई मनोरञ्जन दिनका लागि विभिन्न मनोरन्जनात्मक बस्तुहरुको निर्माण गरिने भएको छ। यसले पर्यटन प्रबर्धनमा टेवा पुग्ने छ।