काठमाडौं। लहान–१६ धार्मिक पर्यटकीय स्थल राजाजी डाँडामा मोटरगाडी पुगेपछि स्थानीयहरु खुसी भएका छन्। वर्षमा एकपटक मात्रै असारमा पूजा गर्न दुई घण्टा उकालो चढेर जाने स्थानीयहरु १५ मिनेटमै मोटर साइकल चढेर पुग्न सक्ने भएपछि स्थानीय खुसी भएका हुन्।
मधेशी समुदायले सलहेसको नाममले पुकार्ने देउतालाई पहाडी समुदायले राजाजी नामले सपिम्झने गरेकोले यस डाँडालाई राजाजी डाँडा भनिएको लहान नगरपालिकाले बताएको छ। उक्त नगरपालिकाले राजजी डाँडालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयहरुको मागलाई मध्यनजर गरी राखेर सडक निर्माण गरिदिएकोमा स्थानीयहरु आभारी भएका छन्।
असार महिनाको असारी पूजामा राजाजी डाँडामा पूजा गर्न दुई घण्टाभन्दा बढी ओकालो ओलालो गरेर जानु पर्दथ्यो। यस्तो समस्या भोग्दै आएका स्थानीय भन्छन्, यहाँ जान यति सहज होला भन्ने सोचेका थिएनौं।
उक्त डाँडालाई धार्मिक पर्यटकीय स्थल मात्रै नभएर, मनोरञ्ज र शान्ति महसुसहुने पर्यटकीय स्थल बनाउन केबुलकार चलाउने योजना रहेको नगरप्रमुख मुनि साहले बताए। चुरे क्षेत्रमा पर्ने राजाजी डाँडामा सयौ वर्ष पहिलेको इटामबाट बनेको जीर्ण मन्दिर देव हाट लाग्ने फराकिलो डाँडा र इनार रहेको यस डाँडामा संकटको वेला स्थानीयहरुले राजाजी सलहेसलाई पुकारेर प्रार्थना गरेपछि कल्याण हुने गरेको स्थानीयहरुको जन विश्वास रहेको छ।