सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका बड्डीचौमा
बृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। एक कार्यक्रमको आयोजना गरी बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आयोजनाको शिलान्यास गरेका हुन्।
गाउँपालिकाका–५, ६, ७ र ८ नम्वर वडाका करीब १ हजार २०० घरधुरीलाई पानीको पहुँच पुर्याउने लक्ष्यका साथ १६ करोड लागतमा आयोजना निर्माण गर्न लागिएको हो।
आयोजनाको अनुमानित लागत कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ मध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार ८०० रुपैयाँ नेपाल सरकारको अनुदानसँगै १० प्रतिशत अर्थात् १ करोड ५९ लाख ४०० रुपैयाँ उपभोक्ता आफैले व्यहोर्नु पर्नेछ।
थप अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८०० रुपैयाँ ऋण सम्झौता गरिएको बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए ।