काठमाडौं। भूगोल साहित्य समाजले पृथ्वीनारायण शाहको सालिक पुनःस्थापना गर्न माग गरेको छ।
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कविगोष्ठीमा साहित्य समाजले देशका विभिन्न भागमा भत्काइएका पृथ्वीनारायण शाहको सालिक पुनःस्थापना गर्नुपर्ने प्रस्ताव पारित गरेको हो।
समाले इतिहासप्रति कृतघ्न भएर वर्तमान र भविष्य सुन्दर हुन नसक्ने जनाउँदै भत्काइएका शाहका सालिक पुनःस्थापना गर्नुपर्ने प्रस्ताव पारित गरेको समाजका प्रवक्ता मुकुन्द अर्यालले जानकारी दिए।
समाजको १४औँ काव्यशृङ्खलामा करिब २५ कविले कविता वाचन गरेका थिए।