जनकपुर। लामो समयपछि जयनगर–कुर्था रुटमा रेल सञ्चालन गर्ने तयारीमा रहेको नेपाल रेलवे कम्पनीले कर्मचारी भर्ना गर्दै प्राविधिक तालिम दिन सुरु गरेको छ। नेपाल रेलवे कम्पनीले करिब ८० लाख खर्चेर तालिम दिएका यसअघिका कर्मचारीको विरोधबीच तालिम दिन सुरु गरिएको हो।
रेलवेका महाप्रबन्धक नीरञ्जन झाले तोक आदेशमा नियुक्त गरेका ५५ जना कर्मचारीलाई जनकपुरको मत्स्य विकास तालिम केन्द्रमा प्राविधिक तालिम दिन सुरु गरिएको छ।
यसअघिका महाप्रबन्धक गुरु भट्टराईले यसैगरी तोक आदेशमा नियुक्त गरेका झन्डै दुई सय कर्मचारीमध्ये ६० जनालाई भारतीय कोंकण रेलवे कर्पोरेसनका प्राविधिकले गत वैशाखमा तालिम दिएका थिए।