काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन्। शुक्रबार सिंहदरवारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्।
उनले आफ्नो मन्त्रालयका कर्मचारीहरू दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायीरुपमा नै भएपनि सरकारले तोकेको समयअवधी भित्र मेलम्चीको खानेपानी काठमाडौं आउने जानकारी दिए। मन्त्री चौधरीले पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने बताए।
मन्त्री चौधरीले खानेपानी कुनै पनि नागरिकले शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभई कार्यान्वयन गरेर देखाउने जानकारी दिए।