जनकपुरधाम। भारत सरकारले अयोध्यादेखि नेपालको जनकपुरधामसम्म चारलेनको सडक निर्माण गर्ने भएको छ। रामजानकी मार्ग बनाउने बिहार सरकारको अनुरोधलाई स्वीकार गर्दै केन्द्र सरकारले सडक बनाउने निर्णय गरेको हो।
‘रामजनकी मार्ग’ नामकरण गरिएको उक्त सडक अयोध्याबाट प्रारम्भ हुनेछ। यो सडक वस्ती–बडहलगञ्ज, मेहरौना घाट, सिनाव, धकिया, सीतामढी, मिठामोड हुँदै जानकीको जन्मस्थली जनकपुरसम्म बिस्तार हुनेछ।
लगभग सात हजार करोडको लागतमा निर्माण हुने सो सडकले अवध र मिथिलाधामको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ। भारत सरकारको निर्णयले मिथिला र अवधमा खुसी छाएको छ।