काठमाडौं। कालीकोट रास्कोट नगरपालिका–६ स्थित मिलनटोल बस्तीका ‘एक घर, एक धारा’ अभियानअन्तर्गत थप ४१ घरधुरीमा धारा जडान गरिएको छ। मिलनटोल बस्तीमा निर्माण गरिएका ती धारा हिजोदेखि सञ्चालनमा ल्याइएका हुन्।
रास्कोट नगरपालिका–६ मा छवटा बस्तीमा जम्मा ३५५ घरधुरी रहेको त्यसमध्ये हालसम्म पाँचवटा बस्तीका २३५ घरधुरीमा सुरक्षित खानेपानी धारा जडान गरिएको बताइएको छ। रास्कोट नगरपालिकाले मिटरसहितको खानेपानीको धारा निर्माणमा दातृ निकाय र नगरपालिकाले सहयोगमा सञ्चालन भएको हो। हालसम्म अधिकांश वडाका बस्तीमा खानेपानीका धारा निर्माण भएका छन्।
आफ्नै घरको आँगनमा खानेपानीको धारा भएपछि समयको बचत हुनाका साथै करेसाबारीमा सिँचाइ गर्न पनि सहज भएको स्थानीयले बताए। चालु आर्थिक वर्षमा नै नगरभित्रका सबै घरमा खानेपानीको धारा जडान भइसक्ने योजना रहेको छ।