पाल्पा। तानसेन नगरपालिकामा ‘एक वडा एक किलोमिटर सडक कालोपत्रे’ अभियान शुरु भएको छ।
नगरपालिकाले बाह्रै महिना गाडी चल्न सक्ने सडक ग्राभेल गर्ने भएको हो। नगरपालिकाले एक वडा एक किलोमिटर सडक कालोपत्रे गर्ने अभियान अन्तरगर्त सबै सडल ग्राभेल गर्ने भएको हो ।
नगरपालिकाले वर्षायाममा पनि कृषि उपज बिक्री वितरण गर्न, विद्यालय आउन, जान र बिरामी बोक्ने एम्बुलेन्स सञ्चालन गर्न सहज हुने गरी सबै सडक ग्राभेल गर्ने भएको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष सबै वडा कार्यालयसम्म जाने बाटो कालोपत्रे गरेको थियो। चालु आर्थिक वर्षमा एक करोड रुपैंया बजेट विनियोजन गरेर वर्षायाममा गाडी चल्न नसक्ने सडक ग्राभेल गर्न लागेको हो। सडकको छेउँमा पक्की नाली र आवश्यक स्थानमा पर्खाल समेत लगाइएको छ ।
नगरपालिकाले १४ वटै वडाका करिब ४० सडक ग्राभेल गर्न लागेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्र २ सय १६ किलोमिटर सडक खनेको छ । सडक खनेर कच्ची राख्ने मात्र नभई स्तरोन्नती गरी ग्राभेल र कालोपत्रे सम्मगर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।