लुम्विनी विकास कोषले लुम्विनि क्षेत्रको विकास तथा प्रवद्धनको निती र निर्माण प्रक्रिया अघि बढाएको छ ।
यस अघि नै ठेक्काको वोलपत्र आव्हवान गरेको कोषले ठेक्काहरुमा सहभागी भएका सम्पुर्ण निर्माण व्यवसायीको प्राविधिक तथा आर्थिक प्रस्तावको मुल्याङकन सकेको जानकारी गराएको छ ।
हाल आव्हवान भएको ठेक्कामा लुम्विनि मुख्य आयोजना अन्तर्गत पुर्व तिरको क्षेत्र र पश्चिम तिरको गुम्वा भएको क्षेत्रमा सडम संजाल निर्माण र आवश्यक संरचना निर्माण हुने छन् ।
सोही योजना अन्तर्गत रहि नयाँ लुम्विनी गाँउ निर्माण गर्ने भनिएको क्षेत्रमा सडक संजाल तथा लुम्विनी सांस्कृतिक केन्द्र सम्मको सडक निर्माण तथा बाह्य विधुतिकरणको लागी ४ वटा ठेक्का आव्हवान भएको र सो को लागी ३ अर्ब २५ करोड वजेट विनियोजन गरेको थियो ।