काठमाडौं। अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ। ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको हो।
भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत पुल निर्माण गरेको हो।
महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो। पुलको सञ्चालनमा आएपछी सर्वसाधारणलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ।