काठमाडौं। दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
बैठकले सेनाबाट उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको जनाइएको छ।