काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्र ताराकोटमा विपश्यना ध्यान केन्द्रका लागि शुरू गर्न लागिएको सडक निर्माण रोकिएको छ। जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयको दबाबपछि बाटो निर्माण रोकिएको हो।
ध्यान केन्द्र बनाउन ताराकोटमा जेसीभी लगाएर बाटो निर्माण शुरू गरिएको थियो। ताराकोटसम्म ४०० मिटर बाटो निर्माण गरिएको स्थानीयले बताए। जेसीभी लगाएर बाटो निर्माण गरिएको जानकारी आएपछि रोकिएको बताइएको छ।
कार्य योजनाविपरीत कार्य गरिएको र अवैधरूपमा वन क्षेत्रमा गतिविधि गर्न नपाइने भएकाले बाटो निर्माणको कार्य रोकिएको जनाइएको छ। १५ हेक्टरको वन दर्ता गरिएपछि अहिले त्यस क्षेत्रमा ध्यान केन्द्र बनाउन सुरु गरिएको छ। ध्यानकेन्द्रको नाम गरेर ताराकोटमा होटल निर्माण गर्न लागेको स्थानीयको बझाइ रहेको छ।
वन कार्यालयको अनुमति विना बाटो खनिएको भएकाले सबडिभिजन कार्यालयले प्रतिवेदन तयार गरी वन कार्यालयमा पेश गरी कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ।