काठमाडौं। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउन निर्देशन दिएको छ। १५ दिन भित्र अव्यवस्थित पसल र टहकरा हटाउन निर्देन दिएको हो।
कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउन कोषले १५ दिनको समय दिएको हो। आज सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको प्रष्ट पारेको छ।
.jpg)
पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहार जन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भएको सूचनामा उल्लेख गरिएको छ।