पाँचथर। नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत उपभोक्ता उपसमिति गठन गरिएको छ । फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा समिति गठन गरिएको हो ।
नवमीडाँडामा खानेपानी विस्तारमा सहयोग पुर्यउने उद्देश्यले दिलकुमार आङ्देम्बेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा डम्बरप्रसाद बाँस्कोटा, सचिवमा सुन्दर आङ्देम्बे, सहसचिवमा गोलमान मिभोक, कोषाध्यक्षमा नैनकला तुम्बापो (नेम्बाङ) र सदस्यहरुमा चन्द्रकला फुएँल, रामकुमार आङ्देम्बे, सिता दुलाल र मकरबहादुर तामाङ छन् ।
नवमीडाँडा र लुम्फाबुङका स्थानियवासीलाई लक्षित गरी केही वर्ष अघिदेखि निर्माण कार्य भइरहेको लुम्फाबुङ–नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत नवमीडाँडाका विभिन्न वडामा खानेपानी विस्तार गर्न समिति गठन गरिएको बताइएको छ ।