काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचना तत्काल मर्मत सम्भार गर्न निर्देशन दिएका छन्। नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिर्ण अवस्थामा रहेका संरचना मर्मत सम्भार गर्न मन्त्री आलेले निर्देशन दिएका हुन्।
उनले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जिर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए। त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न पनी उनले निर्देशन दिएका छन्।
संग्रहालयमा रहेका पुराना गाडी मर्मतका साथै रङरोग गरेर राख्न पनि निर्देशन उनले निर्देशन दिएका छन्। उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिएको बताइएको छ।
उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइएका पनि बताए। संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले बताए।
बतास समुहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनेल जानकरी दिएका छन्।