काठमाडौं। बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारमा वस्ती बसेको करिब एकसय वर्षपछि गाउँमा खानेपानीको धारा निर्माण सुरु भएको छ। दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता एक सयवर्षपछि अन्त्य हुन लागेको हो।
गाउँका ७० घरपरिवारले बुवाबाजेको पालादेखिको पानीको दुःख तेश्रो पुस्तामा आइपुग्दा बल्ल समस्या समाधान भएको एक स्थानीयले बताए। गाउँमा पानीको सुविधा पुग्दा आफुहरु खुसि भएको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ४० लाख रुपियाँ लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमार्फत लिफ्ट खानेपानी योजना निर्माण भएको बताइएको छ।
धुलीधार वस्तीमा लिफ्ट खनेपानी पु¥याउन विजुली बत्ती नहुँदा ५.५ किलोवाटको सौर्य उर्जा जडान गरिएको खानेपानी कार्यालयले जनाएको छ। धुलीधारमा एक सय वर्षपछि खानेपानी पुग्दा महिलाको कामको बोझ घटेको अनुभुति गरिएको छ।