काठमाडौं। राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत कालिगण्डकी नदीमा पुल निर्माण सम्पन्न भएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र तिप्ल्याङस्थित दुई स्थानमा पक्की मोटरेबल पुल निर्माण गरिएको हो।
सडक विभाग अन्तर्गत रहेको पुल महाशाखाले २०७४ असार ९ गते ८ करोड २४ लाख रुपियाँमा हिमसागर–डाँफे–बज्रगुरु जेभीसँग ११ मिटर चौडाई र ७० मिटर लामो पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।
थपिएको समयअवधि पुस ३० गतेभित्र निर्माण कम्पनिले दुवै स्थानका पुल सम्पन्न गरेको बताइएको छ। पुनः थपिएको एक वर्षको समय अवधिभित्र दुवै पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएका छन्।