काठमाडौं। कर्णाली नदीमा निर्माणधीन पुल छिटो सक्न ध्यानाकर्षण गराएका छन्। सांसदहरुले कर्णाली नदीमा निर्माणाधीन पुल छिटो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
कञ्चनपुर जिल्लाका सांसद्हरु निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन्।
दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको बताइएको छ। पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायतका आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ। अहिलेसम्म ७५ प्रतिशत काम भइसकेको पुल छिटो सक्न ध्यानाकर्षण गराइएको छ। उक्त पुलको काम चार महिना देखि ठप्प भएको छ।