काठमाडौं। सरकारले जनकपुर –जयनगर रेल सेवा सञ्चालन गर्न सरकारले बजेट दिने भएको छ। सरकारले तत्काल २१ करोड रुपियाँ दिने भएको हो।
सञ्चालनको तयारीमा रहेको जनकपुर –जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको बताइएको छ।
गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो। त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको जनाइएको छ।
उक्त रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीको कण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपालले करिब ३५ करोड रुपियाँ तिर्नुपर्ने छ।